+
+

त्रिवि सेवा आयोग सदस्यका लागि ७ र ८ वैशाखमा अन्तर्वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १७:५३

५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि ७ र ८ वैशाखमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ ।

सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदकहरूको नामावली प्रकाशन गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने कार्यतालिका प्रकाशित गरेको हो ।

समितिका अनुसार नियुक्तिको लागि दरखास्त पेस गरेकामध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको कार्ययोजना सहितको सोचपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ ।

समितिका अनुसार पहिलो दिन दिउँसो २ बजेदेखि प्रा. डा. खगेन्द्रप्रसाद लुईंटेल, प्रा. डा. राजनारायण यादव, प्रा. डा. मुकुन्दप्रसाद क्षेत्री र प्रा. डा. लालप्रसाद अम्गाईंको कार्ययोजना प्रस्तुत हुनेछ ।

भोलिपल्ट प्रा. डा. सञ्जय आचार्य, प्रा. डा. अजय भट्टराई, प्रा. डा. ज्ञानबहादुर थापा र प्रा. डा. नवराज कट्टेलको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

रिक्त पदका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १८ चैतमा आवेदन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?