+
+

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १३:५४

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स फ्रेन्डका अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरे ।

वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालन क्षेत्रमा प्रतिष्ठित कम्पनी फाइनान्स फ्रेन्ड प्रालिसँग समझदारी भएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?