+
+

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १३:२९

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा रोपिएको बैंकले जनाएको छ ।

हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्‍याउने उद्देश्यले वृक्षारोपण गरिएको बैंकको भनाइ छ ।

अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा बैंकका कर्मचारी, अभियानकर्ता तथा स्थानीय नगरवासीको उपस्थितिमा वृक्षारोपण गरिएको बैंकले जनाए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?