+
+

मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १४:४८

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङका विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङको रोराङ्‍ग गाँउपालिका-५ स्थित श्री सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिला र थाक्रे गाँउपालिका-१० स्थित ठूलोपोखरीका स्थानीयवासीलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको बैंकको भनाइ छ

डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकमझिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?