+
+

स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन, कारबाही गर्दै मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १२:०८

७ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको र त्यस्ता सूचना, विज्ञापनमा कुनै सत्यता नभएकाले विज्ञापनमा क्लिक नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरूलाई कानुनअनुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?