+
+

कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १२:५१

७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नको लागि विभिन्न चलखेल हुने गुनासो आएपछि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको हो ।

काठमाडौंका ५१३ विद्यालयका नियमिततर्फ ५९ हजार १६७ र आंशिकतर्फ ५ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयका विद्यार्थी फरक सेन्टरमा छरिएर राख्ने गरी सफ्टवेयरबाटै केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

यसअघि धेरै विद्यार्थी भएको विद्यालयको विद्यार्थी तीन वटा केन्द्रसम्म राख्ने गरेकोमा यसपाली ९ वटासम्म केन्द्र निर्धारण भएको छ ।

बोर्डका अनुसार हरेक विद्यालयमा परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्या, विद्यालय र केन्द्रको गुगल म्यापबाट लिएको दूरी, विद्यालयबाट नजिक पर्ने केन्द्र, एक विद्यालयको परीक्षार्थी संख्या कम्तीमा १०० र २०० भन्दा बढी एकै केन्द्रमा नपर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा केन्द्र निर्धारण गरिएको अर्को आधार आफ्नै विद्यालयमा केन्द्र नहुने, दुई विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्कामा पर्न नहुने, एकै स्वामित्व र व्यवस्थापनको भनी पहिचान भएका केन्द्रमा नपर्ने बनाइएको परीक्षा बोर्डले जनाएको छ ।

मन्त्रालय र बोर्डले प्रयोग गरेको विधिबारे शिक्षामन्त्री सुमना श्रेष्ठ भन्छिन् ‘ओपन सोर्सको मान्यता अनुरूप पारदर्शी रूपमा राखिएको यसलाई गिटहबमा राखिएको छ । यो सफ्टवेयरको प्रक्रिया अझै सबल र पूर्ण स्वचालित बनाउने सुझाव दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय आह्वान गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?