+
+

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, के-के छन् आकर्षण ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १४:०७

७ वैशाख, काठमाडौ । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) ले जनाएको छ ।

इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी एक्स्पोको तयारी पूरा भएको जनाएका छन् ।

एक्स्पो आगामी १२, १३ र १४ वैशाखमा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा चल्दैछ । १२ वैशाख बिहान विद्युतीय सवारी (ईभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ । १३ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पो उद्घाटन गर्ने तालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारी साधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इप्पानले जनाएको छ ।

ईभी र्‍याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत् प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शीतल निवास, बालुवाटर लगायत स्थान हुँदै करिब २६ किलोमिटर यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने गरी तोकिएको छ । र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे ईभीहरुलाई निःशुल्क सहभागी गराइने छ ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन ईभी र्‍यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेस मिटिङ आयोजना गरिएको छ । जसमा भारतका अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरूसँग बिजनेस मिटिङ हुने छ । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?