+
+

डेभलपमेन्ट बैंकर्स एसोसिएसन सीईओमा मञ्जिला डंगोल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १५:१२

११ वैशाख, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मञ्जिला डंगोल नियुक्त भएकी छन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा व्यवस्थापकीय तहमा करिब १५ वर्ष काम गरेको अनुभव छ ।

डंगोल अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन लगायतका क्षेत्रमा विशेष दख्खल राख्छिन् ।

डंगोलले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको उद्देश्य हासिल गर्न प्रमुख भूमिका खेल्ने विश्वास एसोसिएसनले लिएको छ ।

आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा सीईओ पदको दरबन्दी सिर्जना गरेको एसोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?