+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

विमानस्थलमा कतारी राजालाई गार्ड अफ अनर (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ वैशाख ११ गते १६:३९

११ वैशाखकाठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइएको छ ।

आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।

त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ ।

आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।

मंगलबार उनले राष्ट्रपति पौडेलसँग  शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?