+
+
जनतासँग अन्तर्वार्ता :

‘भाषण सुन्न बजार जाने फुर्सद छैन, चियाबगानमा भोट माग्न आउँदैनन्’ (भिडियो)

सुदीप श्रेष्ठ बसन्त बस्नेत सुदीप श्रेष्ठ, बसन्त बस्नेत
२०८१ वैशाख १२ गते २०:०८
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१२ वैशाख, इलाम । चुनाव खासमा उम्मेदवारको भन्दा बढ्ता जनताको हो, तर इलाम-२ उपचुनावको स्थलगत रिपोर्टिङ तथा अवलोकनका क्रममा हामीले अन्यत्रभन्दा केही भिन्न अनुभूति गर्‍यौं ।

चोकमा, चियापसलमा भेटिने सर्वसाधारणसँग विगतमा हामीले कुराकानी गर्ने गरेका थियौं । इलाममा भने फुर्सद निकालेर चियापसल जाने मान्छे भेट्नै कठिन । देउमाई नगरपालिकाको पानीटार चियाबगानमा काम गर्ने चियाकिसानलाई पत्ति टिप्न भ्याइनभ्याई छ । उनीहरु अनलाइनखबरको क्यामरातर्फ सिधा हेर्ने फुर्सदमा समेत छैनन् । काम गर्दै, बोल्दै ।

उपचुनावका उम्मेदवारसँग तपाईहरुको भेट भयो त ?

हाम्रो प्रश्नमा किसानको जवाफ थियो, ‘भाषण सुन्न बजार जाने फुर्सद छैन, चियाबगानमा भोट माग्न आउँदैनन् ।’

त्यस्तै दुग्ध किसान र अन्य मतदातालाई भेट्न हामी विभिन्न ठाउँमा पुग्यौं । चिया किसानले उत्पादनको मोलभाउ पाउन नसकेको गुनासो साझा गरे । दुध किसानले ५–६ महिनायता पैसा पाउन नसक्दाको मर्का सुनाए । ‘चुनाव त फेरि पनि आयो, हाम्रो दुधको पैसा चाहिँ कहिले आउने हो ?’ इलाम सुम्वेकका किसानको गुनासो छ ।

बाटो, बिजुली नहुनेहरुको पीडा त अलग्गै छ । माङ्सेबुङमा हामीले गरेको यो भिडियो वार्तामा त्यो पीडा व्याप्त छ ।

अनि बाटोको सहजतामा चकाचौंध प्रगति गरिरहेका नागरिकले चाहेका मागहरु पनि हामीले समेटेका छौं ।

उम्मेदवारहरुको अन्तर्वार्ताबीच पढौं आम मतदाता र नागरिकका यी गुनासा, प्रश्न र आकांक्षा ।

 भिडियो : आर्यन धिमाल

लेखकको बारेमा
सुदीप श्रेष्ठ

श्रेष्ठ अनलाइनखबरका इलाम संवाददाता हुन् ।

बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?