+
+

वेस्टइन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १५:३४

१६ वैशाख, काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी टी-२० क्रिकेटमा कप्तान रोहितकुमार पौडेलले वेस्टइन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

लगातार विकेट गुमिरहँदा दबाबमा परेका कप्तान पौडेलले अर्धशतक गरेका हुन् । ३४ बलमा अर्धशतक गर्न पौडेलले चार चौका र एक छक्का प्रहार गरे ।

वेस्टइन्डिजविरुद्ध शनिबार भएको पहिलो खेलमा कप्तान पौडेलले शतक गरेका थिए ।

आज पनि अर्धशतक गरिसकेका कप्तान पौडेल टिमलाई जिताउन संघर्ष गरिरहेका छन् । १६१ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरको खेल सकिदा ७ विकेट गुमाएर १२२ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?