+
+

क्रिकेटर लोकेश बमले पाए ‘मनसरा सट् अफ द डे’ को पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते २१:२७

काठमाडौं । ‘मनसरा सट् अफ द डे’बाट क्रिकेटर लोकेश बम पुरस्कृत भएका छन् ।

आइतबार वेस्ट इण्डिज ‘ए’विरुद्ध भएको दोस्रो टी-२० खेलमा नेपालका बमले १६ बलमा एक चौका र २ छक्का प्रहार गरेका थिए ।

क्रिकेटर बमलाई ‘मनसरा’ अभिनेतृ मिरुना मगरले १० हजार रुपैयाँसहित ‘सट् अफ द डे’ पुरस्कार प्रदान गरिन् ।

यो पुरस्कारबाट शनिबार क्रिकेटर गुल्सन झा पुरस्कृत भएका थिए । दोस्रो खेलमा नेपाल वेस्ट इण्डिज ‘ए’सँग पराजित रह्यो ।

‘मनसरा’मा मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, दयाहाङ राई, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय छ । यो फिल्म वैशाख २१ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?