+
+

मटिहानी आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

काठमाडौं महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १३:१८
फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपद्‍मा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनर्स्थापनाका लागि सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

निर्णय बमोजिम सोमबार रकम नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरले जनाएको छ ।

जरलहवा टोलमा १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीमा परेर ९१ कच्ची र ९ अर्धपक्की गरी एक सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?