+
+

दाङमा आगलागीमा परी एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते ८:४७

७ वैशाख, दाङ । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७ वर्षीय वीरबहादुर बोटे छन् ।

आगलागीमा भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।मृतक बोटेको गोठबाट सुरु भएको आगलागी उनको घर हुँदै अन्य दुई घर पनि जलेर नष्ट भएका छन् ।

आगलागी बिहीबार ५ बजे आगलागी भएपनि लमही नगरपालिकाबाट झन्डै ३० किलोमिटरको दूरीमा रहेको उक्त गाउँमा दमकल पुग्न समय लागेको थियो ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो बिहीबार राति नै राती नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?