+
+

नेपालमा लगानी भित्र्याउन कोरियन कम्पनीसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १३:०१

१७ वैशाख, काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच नेपालमा लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ ।

लगानी सम्मेलनको दोस्रो दिन सोमबार उक्त सहमति भएको हो । चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठको उपस्थितिमा दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौतामा एमएबीसी इन्भेस्टमेन्ट ग्रुपको तर्फबाट कम्पनीका अध्यक्ष जियोन योंग ली र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट शिवराज दवाडी (माधव दवाडी) ले हस्ताक्षर गरे ।

कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?