+
+

इलाममा एमालेले साढे १४ हजार मत पाउँदा रास्वपाले कटायो २ हजार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १६:१०

१७ वैशाख, काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

३५ हजार ६११ मत गणना हुँदा नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ३०२ रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ५७० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?