+
+

शिक्षा सचिव सुरेश अधिकारीको अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १७:४०

१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव सुरेश अधिकारीले अवकाश पाएका छन् । ५ वर्ष सचिवका रुपमा काम गरेपछि उनले आज सोमबारदेखि अवकाश पाएका हुन् ।

कामु सचिवका रुपमा काम गर्दागर्दै वैशाख २०७६मा सचिवमा बढुवा भएका उनको कोशी प्रदेशमा प्रमुख सचिवका रुपमा पदस्थापन भएको थियो ।

उनी त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि शिक्षा सचिवका रुपमा काम गरेका थिए ।

उनको अवकाशपछि सचिवको लागि एक पद रिक्त भएको छ ।

हालै सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्याधिवक्ता विश्वराज कोइरालाले पनि अवकाश पाएका छन् ।

अब २८ वैशाखमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी सचिव रेवतीरमण पौडेलको पनि अवकाश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?