+
+

रुसी सेनाका परिवारले गरे दूतावास अगाडि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १८:०४

१७ वैशाख, काठमाडौं । रुसी सेनामा गएका नागरिकको जीवन रक्षाको माग गर्दै उनीहरूका परिवारले नेपालका लागि रसियन राजदूतावास अगाडि प्रदर्शन गरेका छन् ।

रुसबाट आफ्ना आफन्त फिर्ताको माग गर्दै सोमबार दिउँसो बालुवाटारस्थित दूतावास अघि उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको खोजी, युक्रेनको कब्जामा रहेका नेपालीको उद्दार, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्धारको माग राख्दै उनीहरूले विभिन्न किसिमले आन्दोलन गर्दै आइरहेका छन् ।

युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था, मृतकका परिवारले क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरणको गर्नुपर्ने पनि उनीहरूको माग छ ।

रुसी सेनामा भर्ना भएका व्यक्तिका परिवारहरू ११ दिनदेखि शान्ति वाटिकामा आमरण अनशन बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?