+
+

सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८० चैत २७ गते २०:५०

२७ चैत, काठमाडौं । ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ता र प्रहरीबीच मंगलबार सिंहदरबार नजिक पुग्दा घम्साघम्सी भएको छ ।

भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढ्दा प्रदर्शनकारीहरू सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकसम्म पुगेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारी बीच घम्साघम्सी भएको थियो । त्यसक्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरी भीडलाई तितरबितर पारेको थियो ।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो  भने री सादा पोशाकका प्रहरीदेखि सशस्त्र प्रहरी बललाई परिचालन गरिएको थियो ।

त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजा सहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?