+
+

डिज्नीले ल्यायो ‘लायन किङ’ श्रृंखला ‘मुफासा’को नयाँ ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १२:३६

काठमाडौं । ‘द लायन किङ’ रिलिजको तीन दशकपछि हलिउड स्टुडियो डिज्नी अब प्रिक्वेल कथासहित आउँदैछ । नेपाली समयानुसार मंगलबार बिहान यो फिल्मको पछिल्लो श्रृंखला ‘मुफासा : द लायन किङ’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मले सिम्बाका पिता मुफासाको कथा भन्छ । ‘मुनलाइट’ निर्देशक ब्यारी जेनकिन्स निर्देशित यो फिल्मले मुफासाको शक्तिको उदयलाई प्रस्तुत गर्छ । यो फिल्म डिज्नीको सन् १९९४ को एनिमेटेड क्लासिकको एक प्रिक्वेल हो ।

जसलाई सन् २०१९ मा जोन फभ्रेउले लाइभ-एक्सन फिल्मको रूपमा पुनः निर्माण गरेका थिए । उक्त लाइभ एक्सन फिल्मले नेपाली बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको थियो ।

ट्रेलर अफ्रिकी जंगलको फराकिलो सेटिङबाट सुरु हुन्छ जहाँ जनावरको साम्राज्य छ । ट्रेलरले युवा मुफासा र उसका साथीहरुको साहसिक कार्यको झल्को दिन्छ ।

कास्टमा रफिकीको रूपमा जोन कानी, पुम्बाको रूपमा सेठ रोजेन, टिमोनको रूपमा बिली इचनर, मुफासाको रूपमा डोनाल्ड ग्लोभर, नालाको रूपमा बेयन्से नोल्स–कार्टर समावेश छन् ।

यो फिल्म आगामी डिसेम्बर २० मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?