+
+

डिज्नीको ‘मनोरञ्जन ब्रह्माण्ड’ परियोजनामा के-के हुनेछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १४:४०

काठमाडौं । हलिउड स्टुडियो वाल्ट डिज्नी कम्पनी र फोर्टनाइट स्टुडियो एपिक गेम्सले स्टार वार्स, मार्वल, पिक्सर र अवतारजस्ता ब्लकबस्टर फिल्मका पात्रलाई समेटेर ‘खेल र मनोरञ्जन ब्रह्माण्ड’ सिर्जना गर्ने भएका छन् ।

डिज्नी सीईओ बब इगरले सीएनबीसीमा दिएको एक अन्तर्वार्तामा साझेदारीको घोषणा गरे । डिज्नीले बहुवर्षीय परियोजनालाई समर्थन गर्न ‘एपिक गेम्स’मा १.५ बिलियन डलर लगानी गर्ने भएको छ ।

इगरले यो प्रोजेक्टलाई ‘एक विशाल डिज्नी ब्रह्माण्डको रूपमा वर्णन गरेका छन्, जुन गेमिङ, खेल, किनमेलका लागि पनि प्रयोगमा आउनेछ ।

‘यसले खेल अन्तरिक्षमा हाम्रो सबैभन्दा ठूलो लगानीलाई प्रतिनिधित्व गर्दछ, मलाई लाग्छ यो समय सापेक्ष मात्र होइन, अहिलेको आवश्यकता पनि हो । तपाईं हेर्नुस्, अहिलेका बालबालिका कसरी मिडियामा आफ्नो महत्वपूर्ण समय व्यतीत गरिरहेका छन्,’ उनले भने ।

कम्पनीले यो युनिभर्सलाई सामाजिक सञ्जालसँग मिल्दोजुल्दो पनि हुने बताएको छ । ‘खेलाडी, गेमर र फ्यानले आफ्नै कथा र अनुभव सिर्जना गर्न डिज्नी तरिकाले एकअर्कासँग सामग्री साझा गर्न सक्षम हुनेछन्,’ डिज्नी प्रमुखले भने ।

हलिउड विश्लेषकले डिज्नीको यो कदमलाई फिल्म र यसका पात्रलाई डिजिटलरुपमा विस्तार गरेर बजार खोज्ने नयाँ कदमको रुपमा विश्लेषण गरेका छन् ।

डिज्नीले बनाउन लागेको यो नयाँ युनिभर्समा डिज्नीका चर्चित पात्र पनि सहभागी हुनेछन् । स्टार वार्स, अवतार, पिक्सर, स्पाइरडरम्यानसहित मार्वल क्यारेक्टरसँगै दर्शकले ‘एपिक गेम’ खेल्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?