+
+
Shares

अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १०:११

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार बिहान ११ बजे बैठक राखिएको छ ।

आज नै महिला तथा सामाजिक मामिला समितिले समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा संशोधनकर्ता सहित दफावार छलफल गर्दैछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३माथि विज्ञहरुसँग छलफल छ ।

अर्थ समितिमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने संशोधनकर्तासँग छलफल गर्दैछ ।

यी चार वटै समितिको बैठक सिंहदरवारमा बस्नेछन् ।

संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक छन् । यसमध्ये केही विधेयक दफावार छलफलमा अघि बढेका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच वटा विधेयक छन् ।

अर्थ समितिमा चार वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा तीन वटा, महिला तथा सामाजिक मामिला समितिमा तीन वटा, कानुन, न्याय तथा मानव अधिकारमा समितिमा पनि तीन वटा विधेयक छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्तामा दुई, राज्य व्यवस्था तथा सुशासन समितिमा दुई, कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा र पूर्वाधार विकास समितिमा एउटा विधेयक विचाराधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?