+
+

८६ वर्षीया गीतकार ज्योति कोइरालाको पहिलो गीति संग्रह सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १४:३४

काठमाडौं । गीतकार ज्योति कोइरालाले ८६ वर्षको उमेरमा आफ्नो पहिलो गीत संग्रह सार्वजनिक गरेकी छन् । मौलिक लयमा आधारित पाँचवटा गीत समावेश एल्बम ‘ज्योतिको सँगालो’को बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्याधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, लोकगायक बमबहादुर कार्कीले विमोचन गरे ।

विन्ध्यवासिनी म्युजिकले ल्याएको गीति संग्रहको एक गीतको भिडियो समेत उक्त अवसरमा सार्वजनिक गरिएको थियो । एल्बमका सबै गीतमा दीपक शर्माको संगीत छ ।

कार्य​क्र​ममा गीतकार कोइरालाले सात द​श​अघिको प​रिवेश​लाई य​स​मा स​मेटिएको बताइन् । कोइराला दम्पतीले डा. भगवान कोइरालाको अगुवाइमा निर्माण भइरहेको बाल अस्पतालका २५ लाख रुपैयाँ सहयोग रकम समेत हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?