+
+

एनओसीको तथ्याङ्क मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १५:४१
एनओसी लिनेको भीड ।

२१ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)को तथ्याङ्क मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन दिएको छ ।

एनओसी शाखाका अनुसार मन्त्रालयको उच्च शिक्षा महाशाखाले जारी भएका एनओसीको तथ्याङ्क मन्त्रालयमा पठाउन र तथ्याङ्क माग्नेलाई प्रवक्तामार्फत उपलब्ध गराउने जानकारी गराएको हो ।

केही समयअघि छलफल गर्ने क्रममा शिक्षा मन्त्रालयले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक भएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।

एनओसी प्रमुख नृपध्वज मगरले अनलाइनखबरसँग भने ‘म यहाँ आउनुअघि नै महाशाखाबाट तथ्याङ्क नदिनु भन्ने निर्देशन आएको रहेछ । मन्त्रालयको प्रवक्तामार्फत दिने कुरा रहेछ ।’

शाखाले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक हुनु स्वभाविक भएको शाखाको एक कर्मचारी बताउँछन् ।

उनी भन्छन् ‘तथ्याङ्क फरक हुनु स्वभाविक हो । किनभने एनओसी लिएका सबै विद्यार्थी विदेश नै जान्छन् भन्ने हुँदैन, एकै विद्यार्थीले पटक पटक गरेर फरक देशको लागि एनओसी लिएका पनि हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?