+
+

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यलाई महिला चेम्बरको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १५:२७

२१ वैशाख, काठमाडौं । नेपाल महिला चेम्बरले राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यलाई सम्मान गरेको छ । डा. शाक्य चेम्बरकी संस्थापक अध्यक्ष समेत हुन् ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल एवम् चेम्बर सल्लाहकार परिषद्‍का अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले डा. शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्धा उठाउन आग्रह गरिन् ।

महिलाको उद्यमशीलता विकासका लागि कानुनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशीलता विकासमा डा. शाक्यको भूमिकाको प्रशंसा गरिन् ।

चेम्बर अध्यक्ष अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए ।

महिला चेम्बर मार्फत महिला उद्यमशिलता एवम् शसक्तीकरणका लागि चेम्बरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाइ छ ।

सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा. शाक्यले राष्ट्रियसभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको टिप्पणी गरे ।

सम्मान ग्रहणपछि डा. शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने बताइन् । मुलुकको आर्थिक विकासका लागि आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?