+
+

अडियो उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १८:३९

२३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।

बयान नसकिएको भन्दै सर्वोच्च अदालतले उनलाई सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो । आदेशमा भनिएको छ, ‘राजकुमार तिमल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले २४ वैशाख, २०८१ (सोमबार) १० बजे बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनू ।’

सर्वोच्च अदालतका प्रवक्ता बेदप्रसाद उप्रेतीले भने ‘जिम्मा लगाउने आदेश भइसकेपछि सम्बन्धित व्यक्ति प्रहरी नियन्त्रणमै रहन्छन् । प्रहरीले उनलाई सिदा खुवाएर राख्छ र भोलि बिहान अदालतमा उपस्थित गराउँछ ।’

सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाको भने बयान सकिएको भन्दै तारिखमा राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले बयान नसकिएको भन्दै मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?