+
+

विश्व फेसनको महाकुम्भ मेटगाला आज राति न्युयोर्कमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १८:०४
सन् २०२३ को मेटगाला इभेन्टमा रिहाना

काठमाडौं । विश्व फेसनको महाकुम्भ भनिने मेटगाला २०२४ नेपाली समयानुसार सोमबार राति अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ । फेसनको यो चम्किलो रातमा सहभागी हुन हलिउड, बलिउडदेखि के–पप सेलिब्रेटी न्युयोर्क पुगेका छन् ।

‘स्लिपिङ ब्युटिज, रिअवेकनिङ फेसन’ थिमसहित हुन लागेको यस वर्षको संस्करणमा विश्व फेसनको स्थायी कलेक्सनबाट २५० प्रस्तुति हुँदैछन् । यी पहिरन यसअघि दुर्लभरुपमा सार्वजनिक थलोमा देखिएको जनाइएको छ ।

हलिउड सेलिब्रेटी जेन्डाया, ब्याड बनी, जेनिफर लोपेज, क्रिस हेम्सवर्थले सहअध्यक्षता गर्नेछन् । केही प्रसिद्ध अनुहारले रेडकार्पेटमा सहभागिता जनाउने बताइएको छ ।

पाहुनालाई समारोहभित्र मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ । मिडिया र फेस्टिभल आयोजकलाई मात्र तस्वीर र भिडियो खिच्न अनुमति दिइएको छ । तर कतिपयले विश्व फेसनको यो ठूलो इभेन्टमा मोबाइल लैजान रोक लगाइने निर्णयको विरोध गरेका छन् । सन् २०१५ मा सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको थियो ।

यसबाहेक १८ वर्षभन्दा मुनिका सहभागीलाई प्रवेशमा रोक लगाइएको छ । संग्रहालयभित्र धुम्रपान गर्न पाइने छैन । लसुन, प्याजबाट खानेकुरा सर्भ गर्न पाइनेछैन । न्युयोर्कको मेट्रोपोलिटन आर्ट एण्ड म्युजियममा हुने यो इभेन्टमा फिल्म, फेसन, संगीत, खेलकुद, सामाजिक सञ्जाल र राजनीतिक व्यक्तित्व उपस्थित हुने द न्युयोर्क टाइम्सले जनाएको छ ।

यसपटक ‘गार्डेन अफ टाइम’को थिममा इभेन्ट आयोजना हुँदैछ । हलिउड स्टारहरु रिहाना, बेन एफलेक, अस्याप रक्की, टम हल्याण्ड, लिली ग्लाडस्टोन, केन्डल जेनर, उमा थरम्यान, सराह पौलसन, ओलिभिया रोड्रिगो लगायत सहभागी हुने अपेक्षा गरिएको छ ।

इभेन्टमा सहभागी हुन बलिउड अभिनेत्री आलिया भट्ट, के–पप ब्यान्ड ब्ल्याकपिंकका जेनी र रोज न्युयोर्क पुगिसकेका छन् । टेलर स्वीफ्ट, प्रियंका चोपडा भने कार्यव्यस्तताले सहभागी नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मेटगाला प्रत्येक वर्षको मे ६ मा मेट्रोपोलिटन आर्ट एण्ड म्युजियमको अर्थ संकलनको उद्देश्यले आयोजना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?