+
+

अन्तिम मिनेटमा बढ्यो सेयर बजार, माइक्रोफाइनान्समा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १५:१८

२५ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से अन्तिम एक मिनेटमा बढेको छ । २ : ५९ बजे १९५८ मा रहेको नेप्से अन्तिम १ मिनेटमा २ अंक बढेसँगै बजार बन्द भयो । हिजो १९५८ मा रहेको नेप्से आज १९६० अंकमा रह्यो । यद्यपि दिउँसो उतारचढावका क्रममा नेप्से १९७० अंकसम्म पुगेको थियो ।

१२० कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब १४ करोडमा खुम्चियो ।

समूहगत रुपमा हेर्दा माइक्रोफाइनान्समा आकर्षण देखियो । सो समूह २.४३ प्रतिशत बढ्यो । व्यापार र फाइनान्स समूह १ प्रतिशत घटे । अंकका आधारमा माइक्रोफाइनान्स १००, विकास बैंक १२ र अन्य समूह ११ ले बढे । बैंकिङ ०.८६, फाइनान्स २१, होटल २, हाइड्रोपावर १०, जीवन बीमा ३०, उत्पादन ३५, निर्जीवन बीमा ०.३ र ब्यापार समूह २९ अंक घटे ।

हिमालयन लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । इनिफिनिटी लघुवित्तको ८.४, समताको ७.४, सबैको लघुवित्तको ७, आरम्भ चौतारीको ६.५ तथा साधुना लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै बोटलर्स नेपाल तराइको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५.९, माउन्टेन हाइड्रो नेपालको ५.८, दोल्ती पावरको ५.१२ तथा नेपाल फाइनान्सको मूल्य ३.८५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स, आरएसडीसी लघुवित्त, हिमालयन लघुवित्त, हिमालयन रिइन्स्योरेन्स र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?