+
+

‍प्रधानमन्त्री प्रचण्डको युगान्डा भ्रमणमा सवा करोड खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १७:२३
फाइल तस्वीर

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको हो ।

अर्थले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ४ माघमा युगान्डा प्रस्थान गरेका थिए । उनी ७ माघमा स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?