+
+

कपिलवस्तु एमालेको नेतृत्वमा सहमति नजुटेपछि आज मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते ८:२४

२८ वैशाख, बुटवल । नेकपा एमाले कपिलवस्तुको १०औं अधिवेशनमा आगामी नेतृत्वका लागि आकांक्षीहरुबीच सहमति नजुटेपछि आज मतदान हुने भएको छ ।

नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मा र अघिल्लो अधिवेशनका प्रतिस्पर्धी बाबुराम खनालबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका विश्राम चौधरीले फिर्ता लिएसँगै शर्मा र खनालबीच प्रतिस्पर्धा हुने भएको हो ।
शर्मा र खनालले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् । यद्यपि उम्मेदवारहरुले प्यानल बनाएर नभई स्वेच्छिक हिसाबले उम्मेदवारी दिएको दाबी गरेका छन् ।

उपाध्यक्ष पदमा शंकर पाण्डे, भेषराज पाण्डे र टोपलाल पोखरेलको उम्मेदवारी परेको छ । सचिवमा सीबी गहतराज र विश्व कार्कीको उम्मेदवारी परेको छ । एकजना उपसचिव खुला पदमा कमल क्षेत्री, गोविन्द आचार्य, देवी पोखरेल, छवि रेश्मीमगर, विष्णुप्रसाद गौतम, शारदानन्द यादव र विनोद चौधरी गरी ७ जनाको उम्मेदवारी परेको छ ।

महिला उपसचिवमा सुशिला दर्लामी र माधुरी अग्रहरीको उम्मेदवारी परेको छ । १२० सदस्यीय जिल्ला कमिटीको १२ खुला सदस्यमा ५३ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्य डा. हरि भण्डारीले जनाएका छन् ।

बुधबार सुरु भएको अधिवेशनमा ५ सय ५९ जना प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?