+
+

छिमेक लघुवित्त : नाफा २६ प्रतिशत घट्यो, निष्क्रिय कर्जा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते ९:१६

२८ वैशाख, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा २६ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड ३७ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो नाफा ८८ करोड ६ लाख रुपैयाँ थियो ।

नाफा घट्नुमा खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु मुख्य कारण देखिन्छ । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासमा २ अर्ब ११ करोड रहेकोमा अहिले  सोही अवधिमा २ अर्ब ५ करोड मात्रै रह्यो । त्यस्तै समीक्षा अवधिमा इम्पेरिमेन्ट चार्ज २२ करोड ७३ लाखबाट बढेर ४१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफामा सिधा असर परेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८३ पैसा छ, पहिले ४१ रुपैयाँ ४१ पैसा थियो । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा गत आवको तेस्रो त्रैमासमा १.१९ प्रतिशत मात्रै रहेकोमा अहिले ३.०४ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ३० पैसा छ । हाल सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ १० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?