+
+

सोल्टी होटलको नाफा ११ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते ९:२०

२८ वैशाख, काठमाडौं । सोल्टी होटलले चालु आवको तेस्रो त्रैमाससम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको यसै अवधिको तुलनामा ११ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा यस्तो नाफा ३७ करोड ११ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा कुल आम्दानी १ अर्ब ५० करोड रहेकोमा अहिलेको सोही अवधिमा १ अर्ब ६८ करोड छ । पर्यटकीय व्यवसायिक गतिविधिमा आएको सुधारले आम्दानी बढेको कम्पनीले वित्तीय विवरणमा प्रष्ट पारेको छ ।

अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ २० पैसा थियो । त्यस्तै प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ४६१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?