+
+

खर्च घटाउँदा युनिलिभरको नाफा ३० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १०:१७

२८ वैशाख, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी रहेको युनिलिभर नेपालको नाफा ३० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा नाफा ४८ करोड ६१ लाख रुपैयाँ छ ।

गत आवको यसै अवधिमा खुद नाफा ३७ करोड २६ लाख रुपैयाँ थियो । कम्पनीले खर्च केही नियन्त्रण गर्दा नाफामा उल्लेख्य योगदान पुगेको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा कुल खर्च १ अर्ब ५४ करोड रहेकोमा अहिले सोही अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ छ । कुल आम्दानी पहिले २ अर्ब २ करोड रहेकोमा अहिले २ अर्ब ६ करोड छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ हजार २०२ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ । रिटेन्ड अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ छ ।  बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ३८ हजार ४ सय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?