+
+

मिस अमेरिकासहित दुई ब्युटी पेजेन्टका विजेताले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १३:३४
मिस युएसए २०२३ नोइला भेट

काठमाडौं । सुन्दरी प्रतियोगिताको उपाधि जित्नु संसारभरका सुन्दरीको सपना हुने गर्छ । यो जितले धेरै सम्भावना एकैसाथ ल्याउँछ । कतिपयका लागि फिल्म करिअर थाल्ने ढोका पनि खुल्छ ।

यस्तोमा, यदि कुनै युवतीले ब्युटी पेजेन्टको ताज जितेपछि राजीनामा दिनु, पक्कै पनि आश्चर्यको विषय हो । मिस युएसए २०२३ नोइला भेटले राजीनामा दिएको एकदिनपछि इण्डियन-मेक्सिकन मूलकी उमा सोफिया श्रीवास्तवले मिस टीन युएसएको उपाधि त्यागेकी छन् ।

एनबीसी न्यूजले बिहीबार प्राप्त गरेको राजीनामा पत्रको प्रतिलिपि अनुसार, यौन उत्पीडनको घटनालाई गम्भीर रूपमा लिन र विषाक्त कार्य रोक्ने वातावरण सिर्जना गर्न पेजेन्टका सीइओ असफल भएको आरोप उनको छ ।

‘मलाई निरन्तर अनुशासनको कार्वाहीको धम्की दिनु, तलब खोस्नु, छलफल नगर्नु कार्य हुँदै आएको थियो । यो डरलाग्दो कुरा पनि हो’ भेटले राजीनामा पत्रमा लेखेकी छन् । तर, मिस युएसए अर्गनाइजेसनका प्रतिनिधिले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

क्रिसमसको अवसरमा फ्लोरिडामा आयोजना गरिएको यौन उत्पीडनको घटनाको वर्णनले उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । एक व्यक्तिसँग कारमा आफूलाई एक्लै छाडिएको र सम्बन्धको लागि दबाब दिइएको अनुभव उनको छ । आफू मिस युएसएको ब्राण्डमा प्रतिबद्ध भएपनि आफ्नो मानसिक स्थिती निरन्तर खस्किएको उनको भनाई छ ।

राजीनामा दिएका दुबै सुन्दरीको गुनासो पेजेन्ट व्यवस्थापकले आफूहरुमाथि दुव्र्यवहार गरेको भन्ने छ । मिस युएसए पछिल्लो समय विभिन्न कारणले विवादित बनेको छ । कुनै निश्चित प्रतियोगिको पक्षधरता लिएको आरोप पनि छ ।

टाइटल विजेताले नै राजीनामा दिएको यो घटना मिस अमेरिकाको इतिहासमा पहिलोपटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?