+
+

गगन थापालाई गृहमन्त्रीको चुनौती : मैले ऋण लिन निवेदन दिएको प्रमाण दिए राजनीति छाड्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १८:२१

२८ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् ।

शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए । संसद् बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले यो प्रमाणित गर्न चुनौती दिए ।

‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’  लामिछानेले थापालाई भनेका छन् ।

उनले आफूलाई एक पटक सदनमा बोल्न दिन माग गरे । आफू तयारीका साथ आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले भने, ‘के जनताको प्रतिनिधिले २ महिनासम्म आरोपहरू लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने अवसर पाउँदैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?