+
+

विपिन र वर्षाले अमेरिकामा थाले ‘तेलभिसा’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १२:५०

काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पछिल्लो सुपरहिट फिल्म ‘महाजात्रा’बाट सफलताको स्वाद चाख्न व्यस्त छन् । फिल्ममा यी दुईको अभिनयलाई खुबै रुचाइयो ।

फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ समेत गर्‍यो । ‘महाजात्रा’ले घरेलु केही हलमा शनिबार ५१ दिन मनाइरहँदा विपिन र वर्षाले सोही दिनदेखि अमेरिकामा आगामी फिल्म ‘तेलभिसा’को छायांकन थालेका छन् ।

मेरिल्याण्ड राज्यको बाल्टीमोर सहरबाट सुरु छायांकनको निर्देशन शंकर घिमिरेले गरिरहेका छन् । सुसन प्रजापतिले छायांकन गरिरहेको यो फिल्मको शुभसाइत शुक्रबार गरिएको थियो । लगत्तै छायांकन सुरु भएको हो ।

विपिन र वर्षासहित ऋचा घिमिरेको समेत अभिनय रहने फिल्मको छायांकन अमेरिकाका एक महिना चल्नेछ । निर्देशक घिमिरेको यो कमब्याक फिल्म समेत हुनेछ । उनी निर्देशित ‘तुलसी’ सन् २०१९ मा रिलिज भएको थियो । त्यसअघि उनले ब्रेकफेल, वीरताको चिनो र विष निर्देशन गरेका थिए ।

‘तेलभिसा’को कुरा गर्दा यो फिल्ममा गौरी मल्ल पनि मुख्य भूमिकामा छिन् । छायांकनको लागि गौरी पनि अमेरिका जाने जनाइएको छ । यो फिल्मको निर्माण वेलडन क्रिएसनको व्यानरमा भइरहेको छ । ७० प्रतिशत छायांकन अमेरिका र बाँकी नेपालमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?