+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एकल प्रदर्शन गरिरहेका चापागाईंलाई भेट्न माइतीघर पुगिन् शिक्षामन्त्री सुमना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते ११:२०

६ जेठ, काठमाडौं । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन् ।

प्रदर्शनस्थल माइतीघर चापागाईंलाई भेटेर पुगेर शिक्षामन्त्री सुमनाले माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् । ‘यो विषय हामीले पनि उठाएको विषय हो । यो निकै महत्वपूर्ण छ र शिक्षा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ भन्नुभयो,’ प्रदर्शनस्थलमा रहेकी नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराईले भनिन् ।

चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग प्रदर्शन गरिरहेका छन् । उनले प्रदर्शन गरेको आज पाँचौं दिनमा शिक्षामन्त्री सुमना भेट्न गएकी थिइन् । उनले नेपाल समाजवादी पार्टीले उठाएका कतिपय मागलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रममा समेटेको समेत बताएकी थिइन् ।

तर चापागाईंको प्रदर्शनमा साथ दिन गएका नेपाल समाजवादी पार्टीका नेताहरुले सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई प्रारम्भिक बाल विकास तथा शिक्षा (ईसीडी) कार्यक्रम र निजी विद्यालयमा पढ्ने बालबालिकाहरुलाई प्लेग्रुपदेखि यूकेजीसम्मको शिक्षामा सरकारको दोहोरो नीति देखिएकाले त्यसलाई सच्याउनुपर्ने बताएका थिए ।

विद्यार्थीहरुलाई दिइने १५ रुपैयाँ खाजा खर्च र भौतिक पूर्वाधार अपुग भएको लगायतका विषयलाई पनि सरकारले सम्बोधन गर्न शिक्षा मन्त्री श्रेष्ठलाई भनेका थिए ।

‘यो शिक्षा मन्त्रालयले मात्र सम्बोधन गर्न सक्ने कुरा होइन, अर्थ मन्त्री र प्रधानमन्त्रीसम्म जोडिएको विषय हो,’ नेपाल समाजवादी पार्टीकी नेता यमीले भनिन्, ‘शिक्षा मन्त्रीलाई हामीले अर्थ मन्त्री र प्रधानमन्त्रीकोसमेत कमिटमेन्टसहित आउनुभयो भने हाम्रो आन्दोलन स्थगित हुन्छ नत्र हुँदैन भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?