+
+
Shares

श्रम मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १९:०३

८ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मन्त्रालयले यस्तो मेला आयोजना गर्न लागेको हो।

मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले प्रदेशस्तरीय मेला मात्रै शुरुवात भएको बताए । आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय तह र वडासम्म पनि पुर्याउने योजना रहेको उनले बताए।

मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको छ।

‘मेलामा रोजगारीको खोजीमा रहेकाहरूले रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउन सक्नेछन्’, मन्त्री अर्यालले भने ।

मेला आगामी जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । प्रत्येक प्रदेशमा २ दिनसम्म चल्ने यो मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गरी रोजगार खोज्नेहरू र रोजगारदातहरुबीच मध्यस्थताको काम गर्नेछ ।

मेलामा श्रमिकको समस्या समाधानका लागि सञ्चालित योजनाहरू, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न तालिम प्रदायक संस्थाहरूको सहभागिता रहनेछ ।

सामी, रेमी परियोजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले पनि मेलामा स्टल राख्नेछन् ।

मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ । मधेश प्रदेशको वीरगञ्जमा १९ र २० गते सञ्चालन हुनेछ । गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ ।

लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?