+
+

डब्लूएचओको प्राविधिक सल्लाहकार समूहमा डा. मेघनाथ धिमाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १९:०५

१० जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्राविधिक सल्लाहार समूहमा नेपालमा वातावरणीय स्वास्थ्य वैज्ञानिक डा. मेघनाथ धिमाल नियुक्त भएका छन् ।

डब्लूएचओको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार समूहको विज्ञ सदस्यमा नियुक्त भएका हुन् ।

नसर्ने रोगहरूको रोकथाम, नियन्त्रणमा हालका र भावी चुनौतीहरू पहिचान गर्ने, डब्लूएचओलाई आवश्यक पर्ने रणनीतिक योजनाहरू सल्लाह दिने कार्यहरूमा भूमिका रहेको डा. धिमालले बताए ।

प्राविधिक सल्लाहारका रुपमा विश्वभरका २४ जनालाई नियुक्त गरिएको छ । उक्त सल्लाहारकार टिमको दुई वर्षको कार्यकाल हुनेछ ।

डा. धिमालसँग वातावरणीय स्वास्थ्य,जलवायु परिवर्तनको अनुसन्धान क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ । हाल उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का मुख्य अनुसन्धान अधिकृतको रूपमा कार्यरत छन् ।

दर्जनभन्दा बढी वैज्ञानिक अवार्ड र पुरस्कार पाएका वैज्ञानिक धिमाल अन्तर्राष्ट्रिय विज्ञान परिषद्को सदस्यको रूपमा नेपालबाट चयन हुने पहिलो फेलो पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?