+
+

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १०:२४

१३ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी  छन् ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको थियो । इच्छामनकामना गाउँपालिका-५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्‍याएको थियो ।

पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर लगिए पनि उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्काभेटरमा पूर्ण रुपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमासमेत सामान्य क्षति प्रहरीको भनाइ छ । सडक अहिले सञ्चालनमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?