+
+

१ किलो कोकिन पेटभित्र हालेर ल्याउने विदेशी महिला ठमेलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १६:५८

१३ जेठ, काठमाडौं । एक किलो १०१ ग्राम लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कंगोकी ४९ वर्षीया अपुला एकुत्सु मबोंगो छिन् । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई ठमेलस्थित एक होटलबाट गत शुक्रबार पक्राउ गरेको हो ।

उनी ४ जेठमा दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको पाइएको छ । विमानस्थलबाट उनी सिधै ठमेलको एक होटलमा गएकी थिइन् ।

शंकास्पद र पुर्वसूचनाका आधारमा ब्यूरोको टोलीले उनको निगरानी गरिरहेको थियो । सोही क्रममा कोकिन ल्याएको भन्ने पुष्टि भएपछि उनी बसेको कोठा खानतलासी गरेर प्रहरीले कोकिन बरामद गरेको हो ।

ह्याण्ड ब्यागभित्र प्लाष्टिकले र्‍याप गरेको अवस्थामा ८५ थान कोकिनका क्याप्सुल बरामद गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।

अनुसन्धानका क्रममा उनले क्याप्सुल निलेर पेटभित्र लुकाएर ल्याएको खुलेको एसपी कार्कीले बताए । पक्राउ परेका अपुलाविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

बरामद कोकिनको अवैध बजार मूल्य ३ करोढ ८५ लाख रहेको प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय लागु औषध गिरोहले उनलाई भरियाको रुपमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?