+
+

वित्तीय प्रणालीको कुल सम्पत्ति तथा दायित्व जीडीपीको २१७ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १७:२८

१३ जेठ, काठमाडौं । वित्तीय प्रणालीको कुल सम्पत्ति तथा दायित्व कुल गार्हस्थ उत्पादन (जीडीपी) को २१७.५ प्रतिशत पुगेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसद्का दुवै सदनमा पेस गरेको आर्थिक सर्वेक्षण २०८०/८१ मा उक्त तथ्यांक उल्लेख छ ।

वित्तीय प्रणालीको कुल सम्पत्ति र दायित्वमध्ये वाणिज्य बैंकहरूको अंश मात्रै ५८.५ प्रतिशत छ । यस्तै नेपाल राष्ट्र बैंकको १५.५ प्रतिशत र विकास बैंक, वित्त कम्पनी, लघुवित्त कम्पनी, बीमा कम्पनी, पूर्वाधार बैंक, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायत सम्झौतित बचत गर्ने संस्थाको हिस्सा २६ प्रतिशत छ ।

वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा उच्च छ । २०८० पुस मसान्तमा वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश मात्रै ८६ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?