+
+

यो वर्ष थप १ हजार ६४० हेक्टरमा सिँचाइ सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १७:४०

१३ जेठ, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष (आव) को पहिलो ८ महिनामा १ हजार ६४० हेक्टर सिँचाइ सुविधा थप भएको छ ।

थप भएका सिँचाइको सुविधामा सबैभन्दा धेरै क्षेत्रफलमा भूमिगत सिँचाइ ७ सय हेक्टर  रहेको छ ।  यस्तै सतह सिँचाइ ६२० हेक्टर, जलाशय तर्फ ५० हेक्टर र लिफ्ट सिँचाइ २७० हेक्टर सिँचाइ थप भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार  जलाशय तर्फको सिँचाइ सुविधा पहिलो पटक विस्तार भएको देखिन्छ ।

२०८० असार मसान्तसम्म  नेपालको कुल सिँचाइ सुविधा १५ लाख ५५ हजार ५०८ हेक्टरमा विस्तार भएको थियो भने फागुन मसान्तसम्म सिँचाइ सुविधा १५ लाख ५७ हजार १४८ हेक्टरमा पुगेको छ ।

१ हजार ४१२ किलोमिटर तटबन्धन

जलउत्पन्न प्रकोप नियन्त्रण तर्फ २०८० फागुनसम्म १,४१२ किलोमिटर तटबन्ध निर्माण भई १२ हजार ९ सय ८६ हेक्टर जग्गा उकास भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म ४७.५२ किलोमिटर तटबन्ध निर्माण तथा २०० हेक्टर जग्गा उकास गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ७६.२५ किलोमिटर तटबन्ध निर्माण भई २३३.५८ हेक्टर जग्गा उकास गरिएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, नक्टाझिजबाट १३ डिप बोरिङ्ग प्रणाली मार्फत सिराहा, सर्लाही, बारा, उदयपुर, धनुषा, रूपन्देही र महोत्तरीमा गरी जम्मा ५२० हेक्टर क्षेत्रफलमा भूमिगत सिँचाइ विस्तार भएको  सर्वेक्षणमा उल्लेख छ  ।

चालु आर्थिक वर्ष भूमिगत सिँचाइ कार्यक्रम अन्तर्गत ६ डिप बोरिङ निर्माण भइरहेको छ । यसबाट थप ३०० हेक्टरमा सिँचाइ सुविधा विस्तार हुने अनुमान रहेको सर्वेक्षणले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?