+
+

३४० स्वास्थ्य संस्थामा ‘आइरन चक्की’ शून्य, स्टोरमा करोडको मौज्दात

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १९:१२

१३ जेठ, काठमाडौं । स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष ७९/८० मा २१ करोड ३५ लाख आइरन चक्की खरिद गरेपनि सरकारकै मातृशिशु कार्यक्रम लागु भएको अस्पतालमा आइरन चक्की उपलब्ध नभएको पाइएको छ ।

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले अनुसार विभागले चालु आर्थिक वर्षमा २१ करोड ३५ लाख आइरन चक्की करिद गर्न १८ करोड ७० लाख ५० हजार खर्च गरेको छ । तर, विभागले प्रयोग गर्ने सफ्टवेयरमा पुस मसान्तसम्ममा ३४० स्वास्थ्य संस्थासँग आइरन चक्कीको मौज्दात शून्य रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

मातृशिशु सुरक्षा कार्यक्रम सञ्चालन भएको केन्द्रिय अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमै आइरन चक्की उपलब्ध नभएको महालेखाले जनाएको छ ।

यस्तै गाइनो ओपिडि सञ्चालन रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर, कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यो वर्ष विभाग र प्रदेश आपूर्ति केन्द्रबाट कुनै पनि आइरन चक्की उपलब्ध नभएको महालेखाले उल्लेख गरेको छ ।

आरन चक्की खरिद गर्न प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन भएपनि सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य सेवा विभागले खरिदको जिम्मा पाएको थियो ।

खरिद भएका आइरन चक्की मध्ये फागुन मसान्तसम्म विभाग, पथलैया मेडिकल स्टोर र सातवटा प्रदेश आपूर्ति केन्द्रमा ६ करोड १५ लाख ७३ हजार अर्थात २८ दशमलब ८४ प्रतिशत चक्की मौज्दात रहेको पाइएको छ ।

महालेखाले खरिद गरिएको आइरन चक्की लाभग्राहीले सुलभ तरिकाले प्राप्त गर्न सक्ने गरी वितरणको व्यवस्था मिलाउन सुझाव समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?