+
+

दुवै सदन बैठक ३९६ घण्टा चल्दा भत्ता खर्च साढे ७ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:४५
फाइल तस्वीर

१४ जेठ, काठमाडौं । अघिल्लो आर्थिक वर्ष (आव) २०७९/८० मा संसद्का दुवै सदन बैठक ३ सय ९६ घण्टा चलेको थियो छ । यसरी चलेको बैठकको भत्ताबापत राज्यकोषबाट साढे ७ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखा परीक्षकको तथ्यांक अनुसार प्रतिनिधिसभा २०७९ को प्रथम अधिवेशन १ सय १० दिन चालु रहेकोमा २९ दिनमा जम्मा २८ पटक बैठक बसेको थियो ।

दोस्रो अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ६९ दिनमा ६५ पटक बैठक बसेको थियो । प्रतिनिधिसभा बैठक उक्त वर्ष कुल २ सय ९६ घण्टा ३० मिनेट बसेको थियो ।

राष्ट्रिय सभातर्फ भने १३औं अधिवेशन १ सय १० दिन चालु रहेकोमा १८ दिनमा १९ पटक र १४औं अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ३९ दिनमा ४८ पटक बैठक बसेको थियो ।

राष्ट्रिय सभा कुल १ सय घण्टा ६ मिनेट बसेको पाइएको छ । यसरी प्रतिनिधिसभाको प्रथम र दोस्रो अधिवेशन र राष्ट्रिय सभाको १३औं र १४औं अधिवेशनको बैठक भत्ताबापत ७ करोड ५६ लाख रुपैयाँ खर्च भएको महालेखाको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?