+
+

एक वर्षमा १६२ फर्म तथा संस्था सरकारको कालोसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १३:४०
प्रतीकात्मक तस्वीर

१४ जेठ, काठमाडौं । सरकारले एक वर्षमा १ सय ६२ फर्म तथा संस्थालाई कालोसूचीमा राखेको छ ।

महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार सार्वजनिक खरिद ऐनअनुसार ती संस्था तथा फर्म कालोसूचीमा परेका हुन् ।

निर्माण कम्पनी, सेवा प्रदायक, परामर्शदाता, आपूर्तिकर्ता तथा व्यक्तिहरू कालोसूचीमा पर्ने गर्छन् ।

आचरण विपरीत काम गरे, स्वीकृतिका लागि छनोट भएको बोलपत्र वा प्रस्तावदाता खरिद सम्झौता गर्न नआए, खरिद सम्झौता कार्यान्वयन गर्दा सारभूत गल्ती गरे वा सर्त पालना नगरे कालोसूचीमा राख्ने गरिन्छ ।

फौजदारी अभियोगमा दोषी ठहरिए समेत कालोसूचीमा राख्ने चलन छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकदेखि तीन वर्षसम्म कालोसूचीमा राख्छ ।

महालेखाले कार्यालयलाई कालोसूचीमा राख्ने र फुकुवा गर्ने मापदण्ड तयार गरी लागु गर्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?