+
+

स्टार्टअपमा ‘मोस्ट सेलिङ ब्रान्ड’ बन्यो ‘नेटा’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते २०:०१

१४ जेठ, काठमाडौं । विद्युतीय कार निर्माता चीनको प्रमुख स्टार्टअप कम्पनी होजोन न्यु इनर्जी अटोमोबाइल्स कम्पनी लिमिटेडले उत्पादन गरेको कार ‘नेटा–भी’ चीनबाट सर्वाधिक निर्यात हुने कारको सूचीमा परेको छ ।

जनवरीदेखि अप्रिलसम्मको तथ्यांक हनुसार नेटा–भी सर्वाधिक निर्यात भएको कारको सूचीमा परेको हो । यो अवधिमा नेटा–भीका १३ हजार ६ज सय ९४ युनिट कार चीनबाट विभिन्न देश निर्यात भएका छन् ।

यस्तै, दोस्रो नम्बरमा एक्सपेङग ३ हजार २९, सेरेस २ हजार ६ सय ९१ र स्काइवर्थका ३ सय ६८ युनिट निर्यात भएका छन् ।

नेपालसहित विश्वबजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको इलेक्ट्रिक भेहिकल ब्रान्ड नेटाले हाल चिनियाँ बजारमा नेटा–भीसहित नेटा आया, नेटा यू, नेटा एक्स, नेटा एस, नेटा जीटी जस्ता मोडल बिक्री गरिरहेको छ ।

सन् २०२४ अन्त्यसम्ममा विश्वका ५० देशमा ५ सय सेल्स एन्डड सर्भिस आउटलेट स्थपना गर्ने योजनासाथ अघि बढिरहेको नेटाले नेपालमा सीजी मोटर्समार्फत नेटा–भी बिक्रीवितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?