+
+

माधव नेपाल सोधेरै देउवाकहाँ जानु भएको हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १४:२०

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।

बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए । नेता नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा भएको बैठकमा सहभागी भएका थिए ।

माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने आफूसँग परामर्श गरेर नै नेता नेपाल बूढानीलकण्ठको छलफलमा गएको बताएका छन् । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’

उनले बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका छन् । अघिल्लो बजेट समाजवादउन्मुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक भएको छ । यसको डिफेन्ड गर्नुस् र कार्यान्वयनमा जोड दिनुस् ।’

बैठकमा अर्थमन्त्री वर्षमान पुनले पनि बजेट सकारात्मक र सन्तुलित भएको बताएका थिए । सांसदहरूले भने आफ्नो निर्वाचन क्षेत्रका छुटेका कार्यक्रमबारे गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?