+
+

सेयर बजार घट्दा पनि माइक्रोफाइनान्समा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १५:२७

२१ जेठ, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से  ३.९७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०७९ अंकमा झरेको छ । नेप्से घट्दा कारोबार रकम पनि खुम्चिएको छ । दिनभर कुल ४ अर्बको कारोबार भयो । हिजो ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । ११० कम्पनीको मूल्य बढ्दा १२९ को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रका सूचक घटेका छन् । माइक्रोफाइनान्स समूहको सूचक २.४३ प्रतिशत (१०६ अंक) बढ्यो । बैंकिङ ८, विकास बैंक १२, होटल तथा पर्यटन ४५, फाइनान्स ०.०६, हाइड्रोपावर ३, जीवन बीमा २०, उत्पादन ६९, निर्जीवन बीमा ७१, अन्य ६ र व्यापार समूह १ अंक घटे ।

बुद्धभूमि हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.६६ प्रतिशत बढ्यो । त्यस्तै हिमालयन लघुवित्तको ६.९, नेसनल माइक्रोफाइनान्सको ६, ग्लोबल आईएमई लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.९, कालिन्चोक दर्शनको ४.४, राप्ती हाइड्रोको ४.१२, सुपर मादी हाइड्रोपावरको मूल्य ३.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, पोखरा फाइनान्स, ग्रिन भेन्चर, नेपाल फाइनान्स र हिमालयन माइक्रोफाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?