+
+

वेष्टइन्डिजले युगान्डालाई दियो १७४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते ७:५६

२७ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ को आफ्नो दोस्रो खेलमा वेष्टइन्डिजले युगान्डालाई १७४ रनको लक्ष्य दिएको छ ।

प्रोविडेन्समा टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ५ विकेटको क्षतिमा १७३ रन बनाएको हो ।

वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२/२२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडे ।

युगान्डाका ब्रायन मसाबाले २, दिनेश नाक्रानी, कसमस केइवुता र अल्पेश रामजानीले एक/एक विकेट लिए ।

वेष्टइन्डिजले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग पराजित भएको युगान्डाले अर्को खेलमा पपुवान्यूगिनीलाई नै पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?